Patanjali Ayurveda Limited to Provide Jobs to 20,000 People in Nepal

Posted by | November 25, 2016 | Nepal

काठमाडौं, मंसिर ८ । पतञ्जली आयुर्वेद लिमिटेडले आगामी १० वर्षभित्र नेपालमा एक खर्ब रुपैयाँ लगानी गर्ने भएको छ । कम्पनीले विभिन्न किसिमका आयुर्वेदिक औषधि, दैनिक उपभोग्य तथा सौन्दर्यबद्र्धक वस्तुको उत्पादनमा उक्त लगानी गर्ने भएको हो ।

s

नेपालमा १० अर्ब रुपैयाँ लगानी गरी उद्योग स्थापना सुरु गरेको पतञ्जली आयुर्वेद लिमिटेडका संस्थापक योगगुरु रामदेवले काठमाडौंमा आयोजित एक कार्यक्रममा बताए । ‘लगानी विस्तार गर्दै एक खर्ब रुपैयाँ र्पुयाउने योजना छ,’ उनले भने । पतञ्जलीले गैरआवासीय नेपाली संघ (एनआरएन)का संस्थापक अध्यक्ष उपेन्द्र महतोसँगको साझेदारीमा वीरगन्जको पर्सौनीमा पतञ्जली उद्योग स्थापना गरिसकेको छ ।

नेपाल उद्योग वाणिज्य महासंघले मंगलबार योगगुरु रामदेव र आचार्य बालकृष्णलाई स्वागत गर्न आयोजना गरेको कार्यक्रममा उनले उक्त लगानी गर्ने बताएका हुन् । ‘हामी नेपाल स्वस्थ र समृद्ध भएको हेर्न चाहन्छौँ,’ उनले भने । कम्पनीले उक्त समयभित्र २० हजारलाई प्रत्यक्ष र एक लाखजनालाई अप्रत्यक्ष रोजगारी दिनेसमेत बताए ।

पतञ्जली र उद्योगी महतोको लगानीमा वीरगन्जको पर्सौनीमा स्थापना भएको उद्योगमा हालसम्म एक अर्ब ५० करोड रुपैयाँ लगानी भइसकेको छ । उद्योगले अहिले ६० प्रकारका वस्तु उत्पादन गरिरहेको महतोले जानकारी दिए । ‘पहिलो चरणमा खाद्यान्न, आयुर्वेद तथा कस्मेटिक वस्तु उत्पादन गर्न सुरु गरेका छौं’ उनले भने, ‘दोस्रो चरणमा औषधिलगायत अन्य सामग्री उत्पादन हुने छ

Source: Naya Patrika , Published in Mangsir 8,2073

Tags: ,

Leave a Reply

You must be logged in to post a comment.